विराटनगर । कोशी प्रदेशमा सभामुखलाई राजीनामा गराएर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री त बने तर उनलाई गठबन्धनमा भागबन्डा मिलाउन सकस परेको छ ।
गठबन्धनमा भागबण्डा नमिलेकै कारण आज बिहान साँठे १० बजे तय भएको शपथग्रहण साँझलाई सारिएको छ । नवनियुक्त मुख्यमन्त्री थापाको शपथग्रहण समय साँझ ५ बजेसम्का लागि सारिएको हो । आज गठबन्धन दलबाट एक–एक जनालाई मन्त्री बनाउने तयारी थियो ।
माओवादी भित्र भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेसँगै माओवादीमा किचलो सुरु भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
कांग्रेसभित्र पनि कसलाई सरकारमा लैजाने भन्ने विवाद छ ।