काठमाडौं। प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै छ।
परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिको सिफारिस गर्न परिषदको बैठक बस्न लागेको हो।
संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्छ।
तर प्रधान्यायाधीश कार्कीको पदावधि सकन चार दिन बाँकी रहँदा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न परिषद बैठक बस्न लागेको हो।
संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।
आज बस्ने बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ। श्रेष्ठ वरीयताक्रममा अगाडि छन्।