शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पाँच अंकले बढ्यो नेप्से : तीन वटा समुहले गुमाउँदा १० वटा समुहले कमाए

सोमबार, साउन १५ २०८०

काठमाडौं – नेप्से बढेको छ । अघिल्लो दिन २६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पाँच दशमलव ८४ अंकले बढेर २१ सय छ दशमलव १८ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव १८ अंकले बढेर चार सय एक दशमलव ८५ अंकमा चढेको छ । दुई सय ६२ वटा कम्पनीहरुको आज ४० हजार तीन सय तीन पटकको कारोबारमा ५५ लाख ३१ हजार सात सय ३७ कित्ता सेयर किनबेच कुल कारोबार रकम एक अर्ब ८५ करोड ८० लाख दुई हजार एक सय ७५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये जलबिद्युत समुहको सुचक आठ दशमलव ५७ अंकले घटेर २३ सय पाँच दशमलव ५४ अंकमा झर्दा लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुुचक भने आज नौं दशमलव ६८ अंकले बढेर एक हजार तीन सय तीन दशमलव ३५ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि १८ दशमलव १२ अंकले बढेर तीन हजार नौं सय ३३ दशमलव ५६ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई दशमलव ४८ अंकले बढेर ११ हजार चार सय ९१ दशमलव ६३ अंंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि चार दशमलव ६१ अंकले बढेर ११ हजार ७६ दशमलव ३५ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सनराईज ब्लुचीप फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।