शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न बोलाइयो संवैधानिक परिषदको बैठक

आइतबार, साउन १४ २०८०

काठमाडौं – प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाइएको छ । यही २० साउनमा हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । एक महिनाअगाडि नै भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि अन्तिम समय आइसक्दा पनि सिफारिस हुन सकेको छैन ।

कार्कीपछि विश्वम्भरप्रसाद श्रेष्ठ कामु प्रधानन्यायाधीश हुनेछन् । आगामी मंगलबार अपराह्न ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वालुवाटारमा छलफल भएपछि संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख हुन्छन् । संवैधानिक परिषद्को सिफारिस संसदीय विशेष सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।