काठमाडौं – तनहुँको ब्यास नगरपालिका–१० बोटेगाँउ बैरेनीस्थित मादी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–१३ शिखरौलीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन, नखुलेकी अन्दाजी ५० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–५ स्थित राना फास्ट फुड होटल संचालन गरी बस्ने पर्वत पैयूं गाउँपालिका–७ भोर्ले घर भएका ३६ वर्षीय टेक बहादुर राना सोही होटलको आफु सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ ओर्पा घर भई फुङलिङ नगरुपालिका–५ बुद्ध चोकमा डेरा गरी बस्ने ५२ वर्षीया सृजना लिम्बु आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । जाजरकोटको नलगाड नगरपालिका–१ बस्ने ३८ वर्षीय हरिस बिक सोही ठाउँस्थित कोदेको जंगलमा भीरबाट खसेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।