शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

भ्यान खसेर दर्घटना हुँदा दुई जनाको मृत्यु

शुक्रबार, साउन १२ २०८०

काठमाडौं – चन्द्रगिरी नगरपालिका–४ पानीघाट भन्दा माथि हिमचुली भन्ने ठाउँमा बा.१० च ३५४६ नम्बरको भ्यान सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक समेत २ जनाको मृत्यु भएको छ । चालक २० वर्षीय नमराज भएको बताइएपनि हालसम्म दुवै जना मृतकको एकिन नाम, थर, वतन खुल्न सकेको छैन ।

काठमाडौंबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ओभर स्पिड भई रोडबाट खसेर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको छ । दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।