शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पहिरोका कारण सडक अवरोध

शुक्रबार, साउन १२ २०८०

काठमाडौं – अबिरल वर्षाका कारण शुक्रबार बिहान पहिरो जाँदा म्याग्दी, रुकूम (पूर्व) र रोल्पाका विभिन्न ठाउँमा सडक अवरोध भएको छ । पहिरो गएर म्याग्दी रघुगंगा गाउँपालिका–३ बैसरीस्थित बेनी जोमसोम सडक खण्ड, रुकुम (पूर्व) भुमे गाउँपालिका–४ काँडा बगरस्थित मध्य पहाडी लोक मार्ग तथा रोल्पा थवाङ गाउँपालिका–२ फुली, गलचोक र सोही गाउँपालिका–१ दहवाङमा सडक अवरोध भएको हो । पहिरो गएका स्थानहरुमा तत्कल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग सम्वन्य गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।