शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

बुधबार, साउन १० २०८०

काठमाडौं – काठमाडौं महानगरपालिका–१६ बालाजु चोक डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका–५ घर भएका ५५ वर्षीय यक बहादुर परियार आफ्नै डेरा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका–१६ पुल चोक नजिक सोही उपमहानगरपालिका–१२ हनुमाननगर बस्ने ५० वर्षीय राम सोभित्त दास तत्मा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सा बस्ने ३५ वर्षीय धने बोम्जम सोही ठाउँस्थित छेपारे ठारो खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसोदेखि घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सुनसरीको दुहबी नगरपालिका–१२ पूर्व कुशाहा ठोका टोलस्थित सडकमा मोरङ सुन्दरहरैचा नगरपालिका–११ बस्ने ५० वर्षीय उमेश उराव मंगलबार मृत अवस्थामा परेका छन् । सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।