सर्लाही । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन्।
अनुसन्धान अधिकृतका रूपमा सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह आज बिहान ५ः४५ बजे इश्वरपुर नगरपालिका ९ खोरिया टोलमा मृत फेला परेका सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले जानकारी दिए।
गएराति ड्युटी सकेर इश्वरपुर नगरपालिका(६ बयलबासस्थित आफ्नो घर आउँदै गर्दा मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हो।
उनी सवार बागमती प्रदेश ०२-०१६ प ००७१ नम्बरको मोटरसाइकल सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको डिएसपी थारूले जानकारी दिए।