काठमाडौं – काठमाडौं, महानगरपालिका–२६ ठमेल ज्याठास्थित जिउ डिङ स्याङ होटेल एण्ड रेस्टुरेन्टको तेस्रो तलाको कोठामा तिब्बत घर भएका ३६ वर्षीय साङ्गे साङ्ग्पो सोमबार मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका–६ तामिङ बस्ने २८ वर्षीय मन्जित तामाङ सोही ठाउँस्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–७ वनकट्टी बस्ने ५६ वर्षीय शान्तराम मुसहर सोही ठाउँस्थित रामजानकी मन्दिर नजिकै साईफन नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन् सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।