शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा सामान्य गिरावट : पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए

बिहिबार, साउन ४ २०८०

काठमाडौं – नेप्से सामान्य अंकले घटेको छ । यसअघि लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार एक दशमलव ३१ अंकले घटेर २१ सय ६३ दशमलव ९२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव शुन्य पाँच अंकले बढेर चार सय १० दशमलव ५२ अंकमा पुगेको छ । दुई सय ६४ वटा कम्पनीहरुको ५४ हजार नौं सय ५४ पटकको कारोबारमा ८४ लाख २४ हजार एक सय आठ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक भने घटेका छन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव २५ अंकले बढेर १३ सय १४ दशमलव ७४ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक र ट्रेडिङ समुहको सुचक पनि बढेका छन् । जीवन बीमा समुहको सुचक भने एक सय २२ दशमलव शुन्य छ अंकले घटेर १२ हजार एक सय २२ दशमलव शुन्य दुई अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३२ दशमलव शुन्य सात अंकले घटेर ११ हजार पाँच सय ९४ दशमलव ७३ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।