शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मृत अवस्थामा फेला

बिहिबार, साउन ४ २०८०

काठमाडौं – मोरङको कटहरी गाउँपालिका–४ स्थित जुडी खोला किनारमा सोही गाउँपालिका–३ बस्ने ५२ वर्षीय राजेन्द्र दाहाल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–२ चित्रेस्थित सिँचाईको कुलोमा सोही ठाउँ बस्ने ६५ वर्षीय च्याङा लामा बुधबार मृत अवस्थामा फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका–३३ मझुवा चमेरेघाट नजिकै पानी जमेको खाल्डोमा सोही ठाउँ बस्ने १८ वर्षीय सनम गुरुङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।