शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका जिम्मेवार नेताहरुको नाम मुछिनुले स्थिति निकै गम्भीर : महासचिव पोखरेल

बिहिबार, साउन ४ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीको विषय प्रतिनिधिसभा बैठकमा उठ्नुपर्ने बताएका छन् ।

राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद गरेपछि महासचिव पोखरेलले सामाजिक संञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले सरकारको नेतृत्वमा रहेका दलका नेताहरू नै सुन तस्करीमा नाम जोडिँदासमेत कारबाही नगरिएको गुनासो गरे ।

महासचिव पोखरेलले भने, ‘दिनहुँ सुन तस्करीका समाचारहरू आइरहेका छन्, सुन तस्करीमा सडक मात्र होइन, हवाई मार्गको समेत प्रयोग भइरहेको छ । केही दिन अघि इलेक्ट्रिक सिगरेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एयरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एक क्विन्टल सुन बाहिरिएको सुरक्षा निकायले समातेको समाचार छ ।’

एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय भएको उनले  बताएका छन् ।

यो सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न रहेको सूचना आएको भन्दै केही मिडियाले समाचार समेत लेखेका छन् ।