शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सिनामंगलमा शंकास्पद वस्तु फेला

बुधबार, साउन ३ २०८०

काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’

शंकास्पद वस्तु राख्ने व्यक्तिको नाम भने खुलेको छैन । शङ्कास्पद वस्तु डिस्पोजलका लागि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् ।