काठमाडौं – नेप्से बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार पनि नौं दशमलव ९१ अंकले बढेर २१ सय ५४ दशमलव शुन्य सात अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव शुन्य चार अंकले बढेर चार सय सात दशमलव १३ अंकमा पुगेको छ । दुई सय ५५ वटा कम्पनीहरुको ५६ हजार चार सय ७६ पटकमा ८६ लाख ७६ हजार चार सय ३८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये छ वटा समुहले गुमाएका छन् भने सात वटा समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव ७४ अंकले बढेर १२ सय ८३ दशमलव ८३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ७८ दशमलव ७३ अंकले बढेर ११ हजार सात सय २८ दशमलव ६९ अंकमा पुगेको छ । यि बाहेक जीवन बीमा, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने ३५ दशमलव ६० अंकले घटेर चार हजार २० दशमलव ९० अंकमा झरेकोमा फाईनान्स समुहको सुचक पनि चार दशमलव १२ अंकले घटेर १९ सय ९० दशमलव ७५ अंकमा झरेको छ । यसैगरी जलबिद्युत, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र ट्रेडिङ्ग समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सानिमा लार्ज क्याप फण्ड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने स्वालम्वन लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ ।