काठमाडौं – नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार भने १२ दशमलव ६२ अंकले घटेर दुई हजार ८४ दशमलव ९३ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ९० अंकले घटेर तीन सय ९१ दशमलव २५ अंकमा पुगेको छ । दुई सय ९६ वटा कम्पनीहरुको ५७ हजार छ सय ४५ पटकको कारोबारमा ९३ लाख ८२ हजार चार सय ४० कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच रुपैंयाँ कायम हुन सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा तीन वटा समुहको सुचक बढेर हरियो भएपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ७८ अंकले बढेर १२ सय १८ दशमलव ५५ अंकमा पुगेको छ भने होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने ६३ दशमलव २९ अंकले घटेर तीन हजार आठ सय ७४ दशमलव २१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव ५९ अंकले घटेर २३ सय ८४ दशमलव ५४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव ३५ अंकले घटेर ११ हजार नौं सय ९८ दशमलव १३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुमहको सुचक पनि एक सय १३ दशमलव शुन्य तीन अंकले घटेर ११ हजार एक सय ८० दशमलव ५५ अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, लगानी, उत्पादनमुलक, लघुुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा एनएमबी बैंकको ऋणपत्र २०८५ परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स हाईड्रो पावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।