होटल तथा पर्यटन र फाईनान्स बाहेक सबै समुहको सुचक हरियो
काठमाडौं – अघिल्लो दिन घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज २५ दशमलव ३१ अंकले बढेर दुई हजार ९७ दशमलव ५५ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव २८ अंकले बढेर तीन सय ९२ दशमलव १५ अंकमा पुगेको छ । दुई सय ८९ वटा कम्पनीहरुको ५९ हजार पाँच सय ३९ पटकको कारोबारमा ८५ लाख चार हजार तीन सय ७८ कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये होटल तथा पर्यटन र फाईनान्स समुहको सुचक सामान्य अंकले घटेका छन् भने बाँकी ११ वटा समुहहरुको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव ७७ अंकले बढेर १२ सय १४ दशमलव ७८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय दुई दशमलव ७२ अंकले बढेर २४ सय ३० दशमलव १३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३८ दशमलव ९७ अंकले बढेर १२ हजार एक सय ३३ दशमलव ४८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय छ दशमलव ८० अंकले बढेर ११ हजार दुई सय ९३ दशमलव ५८ अंकमा पुगेको छ । बिकास बैंक, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिव श्री हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।