शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा सामान्य अंकले गिरावट, चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

मंगलबार, असार २६ २०८०

काठमाडौं – नेप्से सामान्य अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से चार दशमलव ७३ अंकले घटेर दुई हजार ७२ दशमलव २४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २५ अंकले बढेर तीन सय ८८ दशमलव ८६ अंकमा पुगेको छ । दुई सय ८३ वटा कम्पनीहरुको ५४ हजार नौं सय ४३ पटकको कारोबारमा ७९ लाख ८८ हजार नौं सय ८६ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहहरुले कमाएपनि बाँकी नौं वटा समुहहरुले भने गुमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ७९ अंकले घटेर १२ सय छ दशमलव एक अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ८२ दशमलव ३१ अंकले घटेर १२ हजार ९४ दशमलव ५१ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ३६ दशमलव एक अंकले घटेर ११ हजार एक सय ८६ दशमलव ७७ अंकमा पुगेको छ भने जलबिद्युत, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने एक सय २९ दशमलव ११ अंकले बढेर तीन हजार नौं सय छ दशमलव ६२ अंकमा पुग्दा फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिंगटी हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड पहिलो स्थानमा परेको छ ।