शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

शेयर बजार:

नेप्सेमा हरियाली, सुचक तथा कारोबार रकम दुबै बढे

आइतबार, असार २४ २०८०

काठमाडौं – नेप्से पुरै हरियो भएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से २८ दशमलव ३८ अंकले बढेर दुई हजार ७७ दशमलव ७६ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३५ अंकले बढेर तीन सय ८८ दशमलव ५१ अंकमा चढेको छ । दुई सय ८७ वटा कम्पनीहरुको ७३ हजार चार सय ४६ पटकको कारोबारमा ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता सेयर किनबेच हुँदा आज कुल रकम तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव १४ अंकले बढेर १२ सय नौं दशमलव शुन्य एक अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि शुन्य दशमलव १२ अंकले बढेर २३ सय ८६ दशमलव ७८ अंकमा चढेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय १५ दशमलव १२ अंकले बढेर १२ हजार एक सय ८६ दशमलव ५४ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५८ दशमलव १८ अंकले बढेर ११ हजार दुई सय ४२ दशमलव ६२ अंंकमा चढेको छ । यसैगरी विकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रावा इर्नर्जी हाईड्रो पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।