काठमाडौं – नेप्से राताम्मै देखिएको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से आज बुधबार भने ३९ दशमलव २६ अंकले घटेर दुई हजार ४९ दशमलव ४४ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ८९ अंकले बढेर तीन सय ८२ दशमलव ७४ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ७७ वटा कम्पनीहरुको ५३ हजार एक सय तीन पटकको कारोबारमा ८० लाख ९२ हजार नौं सय ६९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा आज १३ वटै समुहहरुको सुचक घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ९९ अंकले घटेर १२ सय चार दशमलव ४८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५६ दशमलव ३६ अंकले घटेर २३ सय ६४ दशमलव ९० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि चार सय नौं दशमलव ७६ अंकले घटेर ११ हजार नौं सय ६० दशमलव ४८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन सय १० दशमलव ८५ अंकले घटेर ११ हजार सात दशमलव ३२ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो बिपी डब्लु लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।