काठमाडौं – सामसुङले नेपालमा नयाँ कार्याक्रम ल्याएको छ, जसले ग्राहकहरूलाई अत्याधिक सुविधा प्रदान गर्दछ। यस कार्याक्रमको माध्यमबाट, ग्राहकहरूले बिना ब्याजको ईएमआई (EMI) माध्यमबाट एक घण्टाभित्रै मोबाइल फोन खरिद गर्न सक्छन्। सामसुङले २५ हजार मूल्यबाट माथिका मोबाइल फोनहरूमा यो सुविधा प्रदान गर्ने छ।
हुलास फाइनान्स सर्भिसेस लिमिटेडको सहयोगमा, सामसुङले ईएमआई सुविधा ल्याएर ग्राहकहरूको दैनिक खर्चलाई व्यवस्थित गर्ने उद्देश्य पूरा गर्दैछ। यो सुविधा जिपिआरएस मोबाइल एरियाका विभिन्न स्थानीय मोबाइल फोन पसलहरूबाट उपलब्ध छ। कलङ्की, बालाजु, सामाखुसी, बसुन्धरा, सोह्रखुट्टे, स्वयम्भू, कालिमाटी, कीर्तिपुर लगायतका पसलहरूमा ईएमआई सुविधा प्रदान गरिन्छ।
बिना ब्याजमा ईएमआई गरेको एक घण्टाभित्र ग्राहकले सामसुङ ब्रान्डका मोबाइल फोन प्राप्त गर्नसक्ने सामसुङ मोबाइलका क्षेत्रीय बितरक जिपिआरएस मोबाइल प्राइभेट लिमिटेडका म्यानेजर केशब जंग कुँवरले जानकारी दिएका छन्। आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले सामसुङले उक्त ईएमआई सुविधा संचालनमा ल्याएको रघु त्रिपाठीले बताए।
ईएमआई सुविधा प्राप्त गर्न ग्राहकले नागरिकताको फोटोकपी, फोटो, आयस्रोतको कागजात र एक जना साक्षीमात्र भएमा फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्ने पनि उनले बताएका छन्। उक्त कर्जा ग्राहकलाई ३, ६, ९ र १२ महिनासम्मको हुनेछ।