काठमाडौं – नेप्से पुन घटेको छ । अघिल्लो दिन २६ दशमलव ५६ अंकले घटेको नेप्से आज बुधबार पनि १४ दशमलव पाँच अंकले घटेर दुई हजार ५० दशमलव ७८ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव शुन्य तीन अंकले घटेर तीन सय ८६ दशमलव ११ अंकमा पुगेको छ । दुई सय ७१ वटा कम्पनीहरुको ५९ हजार आठ सय १३ पटकको कारोबारमा ८६ लाख ५१ हजार एक सय ६४ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० रुपैंयाँ ७८ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहले कमाएपनि बाँकी समुहले भने गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ९९ अंकले घटेर १२ सय १४ दशमलव १९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४१ दशमलव ८७ अंकले घटेर २५ सय ४६ दशमलव ८० अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि शुन्य दशमलव ८३ अंकले घटेर १० हजार छ सय ६५ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक र ट्रेडिङ्ग समुहको सुचक भने बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ग्रिन भेन्चर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।