काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से आज मंगलबार भने २६ दशमलव ५६ अंकले घटेर दुई हजार ६४ दशमलव ८३ अंकमा सिमित भएको छ । यसैगरी आज सेन्सिटिभ पनि चार दशमलव ३६ अंकले घटेर तीन सय ८८ दशमलव शुन्य दुई अंकमा सिमित भएको । दुई सय ६८ वटा कम्पनीहरुको ६३ हजार नौं सय ५० पटकको कारोबारमा एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता सेयर किभनबेच हुँदा आज कारोबार रकम चार अर्ब ११ करोड छ लाख छ हजार नौं सय ५३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा तीन वटा समुहले कमाएका छन् भने १० वटा समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ८९ अंकले घटेर १२ सय २३ दशमलव ७३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६५ दशमलव २९ अंकले घटेर २५ सय ८८ दशमलव ६७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय १३ दशमलव ३४ अंकले घटेर ११ हजार ६८ दशमलव ६१ अंकमा पुगेको छ छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ६१ दशमलव २८ अंकले घटेर १० हजार छ सय ६२ दशमलव ७० अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेका छन् । उत्पादनमुलक, लगानी र टे«डिङ समुहको सुचक भने आज बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थामा सिटी होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो स्थानमा परेको छ ।