काठमाडौं – नेप्से बढेको छ । अघिल्लो दिन १६ अंकले बढेको नेप्से आज बिहिबार पनि पाँच अंकले बढेर दुई हजार ४२ दशमलव सात अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ३० अंकले घटेर तीन सय ८३ दशमलव ३९ अंकमा पुगेको छ । दुई सय ७० वटा कम्पनीहरुको ५२ हजार आठ सय १४ पटकको कारोबारमा ७८ लाख ९६ हजार चार सय ७८ कित्ता सेयर किनबेच भएकोमा आज कारोबार रकम तीन अर्ब १६ करोड २८ लाख १० हजार आठ सय ४३ रुपैंयाँ ५८ पैसा कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा छ वटा समुहको सुचक बढेपनि सात वटा समुहको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ३९ अंकले घटेर १२ सय ३६ दशमलव ४९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि आठ दशमलव ४३ अंकले घटेर २५ सय ७१ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, लघुवित्त र ट्रेडिङ्ग समुहको सुचक पनि उच्च अंकले घटेका छन् । जीवन बीमा समुहको सुचक भने तीन सय आठ दशमलव ४० अंकले बढेर १० हजार आठ सय ८१ दशमलव ६० अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय ४३ दशमलव ६१ अंकले बढेर १० हजार छ सय ९४ दशमलव ९० अंकमा चढेको छ । यसैगरी होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा भुगोल इर्नर्जी डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट लिमिटेड पहिलो स्थानमा परेको छ ।