काठमाडौं – नेप्से उच्च अंकले बढेको छ । आज मंगलबार नेप्से ३४ दशमलव १७ अंकले बढेर दुई हजार २० दशमलव ६४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५२ अंकले बढेर तीन सय ७९ दशमलव ८७ अंकमा चढेको छ । दुई सय ७० वटा कम्पनीहरुको ७० हजार सात सय ५९ पटकको कारोबारमा एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौं सय ४३ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ३६ अंकले बढेर १२ सय २२ दशमलव ८१ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ४८ दशमलव ५७ अंकले बढेर २५ सय ६८ दशमलव १० अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ७६ दशमलव ६० अंकले बढेर १० हजार चार सय १० दशमलव ८२ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २४ दशमलव ९० अंकले बढेर १० हजार छ सय १८ दशमलव ५६ अंकमा चढेको छ । बिकास बैंक, फा
फाईनानस, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा प्रभु स्र्माट सेलेक्ट फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।