काठमाडौं – अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने झण्डै पाँच अंकले बढेको छ । नेप्से आज चार दशमलव ६८ अंकले बढेर १९ सय ३२ दशमलव ३३ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ३८ अंकले बढेर तीन सय ६५ दशमलव ४७ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ६१ वटा कम्पनीहरुको ४१ हजार छ सय १३ पटकको कारोबारमा ६५ लाख ४१ हजार तीन सय ८८ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार छ सय ३५ रुपैंयाँ ९२ पैसा कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहले गुमाएका छन् भने आठ वटा समुहले कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव ८४ प्रतिशतले घटेर १२ सय छ दशमलव ४७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक तीन दशमलव ९६ अंकले घटेर नौ हजार सात सय ९२ दशमलव ८९ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने ३९ दशमलव ७९ अंकले बढेर ३५ सय २२ दशमलव २७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि ११ दशमलव ४८ अंकले बढेर २४ सय ९० दशमलव ९१ अंकमा पुगेको छ । लगानी, उत्पादनमुलक, लगानी, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि अंकले बढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ इक्विटी फण्ड लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड पहिलो स्थानमा परेको छ ।