शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कोशीमा माओवादीले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं – नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी (जसपा)ले यही १७ गते एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको मर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको पहल सुरु भएको छ । नयाँ सरकार गठनको पहल सुरु भएसँगै माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको हो ।

बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे भने कुनै निर्णय गरेन । यसबारे मंगलबार बैठक बसेर निर्णय लिने बताइएको छ ।