आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेप्से राताम्मै : सुचक तथा कारोबार रकम दुबै घटे

सोमबार, जेष्ठ २२ २०८०

काठमाडौं – अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेर राताम्मै देखिएको छ । नेप्से आज १७ दशमलव ३८ अंकले घटेर १९ सय एक दशमलव ९९ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि दुई दशमलव ८८ अंकले घटेर तीन सय ६२ दशमलव २२ अंकमा पुगेको छ । दुई सय ७७ वटा कम्पनीहरुको ३६ हजार पाँच सय ६८ पटकको कारोबारमा ५६ लाख २० हजार तीन सय ८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा १३ वटै समुहहरुको सुचक घटेर नेप्से राताम्मै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव १६ अंकले घटेर १२ सय सात दशमलव ५१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुुचक पनि ११ दशमलव ५१ अंकले घटेर २४ सय तीन दशमलव २८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय २४ दशमलव १४ अंकले घटेर नौं हजार छ सय ३९ दशमलव ९१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५७ दशमलव छ अंकले घटेर नौं हजार तीन सय १२ दशमलव ५३ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिभरफल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पनि आज शिवम सिमेन्ट नैं पहिलो स्थानमा परेको छ ।