शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पुँजीगत लाभकरको बिषयमा अर्थमन्त्रालयको प्रष्टीकरण संगै उच्च अंकले बढ्यो नेप्से

आइतबार, जेष्ठ २१ २०८०

काठमाडौं – पुँजीगत लाभकरको बिषयमा अर्थमन्त्रालयको प्रष्टीकरण संगै नेप्से उच्च अंकले बढेको छ । अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाले लगानीकर्ताहरुले भने अनुसार नैं अहिले तिर्दे आएको पाँच र सात दशमलव पाँच प्रतिशत पुँजीगत लाभकर नैं अन्तिम हुने प्रष्टीकरण दिएसंगै आज नेप्से बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ५३ दशमलव तीन अंकले बढेर १९ सय १९ दशमलव ३७ अंकमा पुगेको छ भने सेन्सिटिभ नौं दशमलव ४९ अंकले बढेर तीन सय ६५ दशमलव १० अंकमा पुगेको छ ।

आज दुई सय ७० वटा कम्पनीहरुको ३१ हजार दुई सय ५२ पटकको कारोबारमा ४५ लाख ५७ हजार एक सय ६९ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ रुपैंयाँ पुगेको छ । आज १३ वटा समुहहरु कारोबार हुंदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ३५ अंकले बढेर १२ सय १६ दशमलव ६६ अंकमा पुगेको छ भने भने जलबिद्युत समुहको सुचक पनि ९१ दशमलव ३९ अंकले बढेर २४ सय १४ दशमलव ७९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ४२ दशमलव पाँच अंकले बढेर नौं हजार सात सय ६४ दशमलव पाँच अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि चार सय सात दशमलव आठ अंकले बढेर नौं हजार तीन सय ६९ दशमलव ५९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईजिआई पुुडेन्सीयल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।