शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘गेरु वस्त्र’ लगाएकोमा प्रचण्डको स्पष्टीकरण

शनिबार, जेष्ठ २० २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको मध्य प्रदेश राज्यस्थित उज्जेन सहरमा रहेको प्रसिद्ध महाकालेश्वर मन्दिरको पूजालाई ‘सांस्कृतिक कूटनीति’ को रुपमा बुझ्न आग्रह गरेका छन् ।

भारतको चार दिने औपचारिक भ्रमण सकेर शनिबार साँझ नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ‘गेरु वस्त्र’ लगाएर भारतका अर्बौं जनताको मन जित्ने काम आफूले गरेको बताएका छन् । ‘म कम्युनिस्ट मात्र होइन, प्रधानमन्त्री पनि हो नि त । मसँग हुने सेक्युरेटिले सकेसम्म गेरु वस्त्र नलगाउन निकै बल गर्नुभयो । तर त्यहाँ लाउनै पर्ने नीति रहेछ । मैले त्यहाँ लाउँदिन भनेको भए के हो नेपाल सरकार भनेर भारतका अर्बौं मान्छेको मन खुशी भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले उक्त अवतार आफ्नो पूरानो भएको पनि बताए । ‘नयाँ होइन यो मेरो पुरानै अवतार हो । म मुस्लिम कम्युनिटीको कार्यक्रममा गएर मुस्लिम भएको देख्नु भएको छ कि छैन ? क्रिश्चियनको गिर्जा घरमा गएर मन्त्र जपेको फोटो छ कि छैनन् ?,’ उनले भने, ‘बुद्धिस्टकोमा जान हुने हिन्दूकोमा जान नहुने त हुँदैन नि ।’