काठमाडौं – नेप्सेमा हरियाली देखिएको छ । यसअघि लगातार घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार १६ दशमलव ५४ अंकले बढेर १८ सय ६६ दशमलव ३४ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव १९ अंकले बढेर तीन सय ५५ दशमलव ६२ अंकमा चढेको छ । दुई सय ७२ वटा कम्पनीहरुको २९ हजार नौं सय २२ पटकको कारोबारमा ६१ लाख २८ हजार छ सय २१ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ६५ करोड ४६ लाख ४८ हजार नौं सय २२ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ९५ अंकले बढेर ११ सय ९९ दशमलव ३१ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३१ दशमलव ८३ अंकले बढेर २३ सय २३ दशमलव ४० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८५ दशमलव ६५ अंकले बढेर नौं हजार चार सय २२ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय ६९ दशमलव ३९ अंकले बढेर आठ हजार नौं सय ६२ दशमलव ५१ अंकमा पुगेको छ ।
बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुुचक पनि उच्च अंकले बढेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सनराईज इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने प्रभु बैंकको संस्थापक सेयर परेको छ ।