शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से आज पनि रातै : ३८ अंकले नेप्से घट्दा दुई अर्ब ३१ करोडको कारोबार

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं – नेप्से आज बुधबार पनि घटेर रातै भएको छ । अघिल्लो दिन ५३ दशमलव १६ अंकले घटेको नेप्से आज ३८ दशमलव ८३ अंकले घटेर १८ सय ४९ दशमलव ७९ अंकमा पुगेको छ भने सेन्सिटिभ सात दशमलव २८ अंकले घटेर तीन सय ५३ दशमलव ४३ अंकमा पुगेको छ । दुई सय ६२ वटा कम्पनीहरुको ३६ हजार आठ सय ९३ पटकको कारोबारमा ८७ लाख ३६ हजार एक सय २८ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक १८ दशमलव ६७ अंकले घटेर ११ सय ९२ दशमलव ३६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६१ दशमलव ८० अंकले घटेर २२ सय ९१ दशमलव ५६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय २८ दशमलव ८२ अंकले घटेर नौं हजार तीन सय ३६ दशमलव ३५ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि दुई सय २२ दशमलव ३४ अंकले घटेर आठ हजार सात सय ९३ दशमलव १२ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिलिभर नेपाल लिमिटेड परेको छ । बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज प्रभु बैंकको संस्थापक सेयर परेको छ ।