काठमाडौँ – नेपाल धितोपत्र बोर्डले सात वटा कम्पनीहरुलाई ब्रोकरको लाईसेन्स दिएको छ । बोर्डको सोमबार बसेको सञ्चालक समितीको बैठकले प्रकृया पुरा गरेका मध्येबाट सात वटा कम्पनीहरुलाई ब्रोकरको लाईसेन्स दिएको हो ।
ब्रोकरको लागि अनुमती माग गर्दै ४५ वटा कम्पनीहरुले आवेदन दिएका थिए । सो मध्येमा पहिलो चरणमा श्री भोले गणेश सेक्युरिटिज लिमिटेड अनामनगर, श्री क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड ज्ञानेश्वर, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि नक्साल, मियो सेक्युरिटिज प्रालि हात्तिसार, श्री शेयरप्रो सेक्युरिटिज प्रालि ढल्कु र श्री प्रोर्पर्टी विर्जाड लिमिटेड नागपोखरी सहितका सात वटा कम्पनीहरुलाई लाईसेन्स दिएको बोर्डले जानकारी दिएको छ ।
बोर्डले २०७९ असोज दुई गते ३० दिनको अवधि तोकेर धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।