शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

शेयर बजार:

झण्डै छ अंकले बढ्यो नेप्से

गुमाउने भन्दा कमाउने समुह धेरै

आइतबार, जेष्ठ ७ २०८०

काठमाडौँ – नेप्से झण्डै छ अंकले बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से पाँच दशमलव ८८ अंकले बढेर १८ सय ८३ दशमलव २० अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव १४ अंकले बढेर तीन सय ५८ दशमलव ३३ अंकमा चढेको छ । दुई सय ७३ वटा कम्पनीहरुको ३४ हजार तीन सय ३१ पटकको कारोबारमा ४८ लाख २८ हजार सात सय ७६ कित्ता सेयर किनबेच भएका छन् भने कारोबार रकम एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ रुपैंयाँ ५३ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहले गुमाएपनि बाँकी समुहहरुले भने कमाएका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६६ अंकले बढेर १२ सय २३ दशमलव १३ अंकमा पुगेको छ भनचे जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ५४ अंकले बढेर नौं हजार पाँच सय २८ दशमलव ९१ अंकमा पुगेको छ ।

यि बाहेक निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् । विकास बैंक समुहको सुचक भने सात दशमलव ८८ अंकले घटेर तीन हजार चार सय ९९ दशमलव २१ अंकमा पुगेको छ भने जलविद्युत, फाईनान्स र उत्पादनमुलक समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्रिय बीमा कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आर्दश लघुवित्त वित्तीय संस्था परेको छ ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।