काठमाडौं – नेप्सेमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार भने नेप्से ३२ दशमलव ३० अंकले बढेर १८ सय ७७ दशमलव ३२ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव २३ अंकले बढेर तीन सय ५८ दशमलव १८ अंकमा पुगेको छ । दुई सय ६४ वटा कम्पनीहरुको ३२ हजार पाँच सय ७९ पटकको कारोबारमा ४४ लाख २२ हजार एक सय ८६ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार तीन सय ८८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव २५ अंकले बढेर १२ सय २२ दशमलव ३९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६४ दशमलव ८१ अंकले बढेर २३ सय ६३ दशमलव ५२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ९४ दशमलव ४३ अंकले बढेर नौ हजार चार सय ९१ दशमलव ३७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सचक पनि एक सय ४८ दशमलव ५९ अंकले बढेर आठ हजार सात सय ६२ दशमलव ९० अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले बढेर हरियो देखिएको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन ऊर्जा बिकास कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल ग्रोथ फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम पहिलो स्थानमा परेको छ ।