काठमाडौं – नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार पुन २३ दशमलव ३९ अंकले बढेर १८ सय ५४ दशमलव एक अंकमा पुगेको छ भने सेन्सिटिभ चार अंकले बढेर तीन सय ५२ दशमलव ९४ अंकमा पुगेको छ । दुई सय ६६ वटा कम्पनीहरुको २५ हजार छ सय ३४ पटकको कारोबारमा २५ लाख ७७ हजार दुई सय १० कित्ता सेयर किनबेच भएकोमा आज कुल कारोबार रकम ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ६५ अंकले बढेर १२ सय नौं दशमलव १२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४९ दशमलव २८ अंंकले बढेर २२ सय ९८ दशमलव ७१ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ९३ दशमलव ३७ अंकले बढेर नौं हजार दुई सय ९६ दशमलव २३ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७१ दशमलव २३ अंकले बढेर आठ हजार छ सय १४ दशमलव ३१ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेर हरियो भएको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा माईखोला हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।