काठमाडौं । आजबाट डिजेल र मट्टितेलको मूल्य घटेको छ ।
नेपाल आयल निगमका अनुसार आजबाट डिजेल र मट्टितेलको १० रुपैयाँ मूल्य घटेको छ ।
ईन्डियन आयल कर्पोरेशन लिमिटेडले १६ मे २०२३ देखि लागु हुने गरी मूल्य घटेर आएको भन्दै आयल निगमले डिजेल र मट्टितेलको मुल्य घटाएर १५५ रुपैयाँ कायम गराएको हो । यसअघि डिजेल र मट्टितेलको खुद्रा मुल्य १६५ रुपैयाँ रहेको थियो ।
तर, ‘पेट्रोल, हवाई इन्धन, एलपी ग्याँसको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको’ निगमले जनाएको छ ।
जसअनुसार पेट्रोल १७५ रुपैया, हवाई इन्धन (आन्तरिक) १६० रुपैया, हवाई इन्धन (बाहय) १.३५ अमेरिकन डलर, एलपी ग्याँस १८ सय रुपैँया कायमै रहेको निगमले जनाएको छ।