काठमाडौं । नेपाली बजारमा जेठ महिनाको पहिलो दिन सोमबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर कारोबार भएको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ । आइतबार उक्त सुन प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।