काठमाडौँ – चालु आर्थिक बर्षको मौद्रिक नीतिको नीतिको तेस्रो त्रैमासिक समिक्षा पछि आज पहिलो दिन आईतबार खुलेको नेप्से नकारात्मक देखिएको छ । नेप्से आज १६ दशमलव ९६ अंकले घटेर १८ सय २१ दशमलव ६४ अंकमा पुगेको छ भने सेन्सिटिभ तीन दशमलव ५२ अंकले घटेर तीन सय ४९ दशमलव ५८ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ६३ वटा कम्पनीहरुको २२ हजार सात सय २९ पटकको कारोबारमा २७ लाख ८८ हजार आठ सय १५ कित्ता किनबेच हुँदा आज कारोबार रकम ९० करोड पाँच लाख ८३ हजार आठ सय ५६ रुपैंयाँ पुगेको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुँदा लगानी समुहको सुचक झिनो अंकले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ६७ अंकले घटेर १२ सय पाँच दशमलव ५० अंकमा पुगेकोछ भने जलबिद्युत समुहको सुचक पनि ५० दशमलव ५५ अंकले घटेर २२ सय ३९ दशमलव एक अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४० दशमलव ३१ अंंकले घटेर नौं हजार एक सय ९८ दशमलव २२ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि ४० दशमलव ५३ अंकले घटेर आठ हजार चार सय १२ दशमलव १५ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीह्रुको सुचीमा भने नागरिक लगानी कोष पहिलो स्थानमा परेको छ ।