काठमाडौं – नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार १० दशमलव ६६ अंकले बढेर १८ सय ४४ दशमलव ३६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८७ अंकले बढेर तीन सय ५४ दशमलव २५ अंकमा चढेको छ । दुई सय ६९ वटा कम्पनीहरुको २० हजार सात सय ७६ पटकको कारोबारमा २८ लाख ३६ हजार एक सय ३९ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम ७७ करोड ४७ लाख ६० हजार छ सय ४७ रुपैंयाँ कायम भएको छ ।
आज १३ वटा समुहहरु कारोबार हुँदा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ५८ अंकले बढेर १२ सय १६ दशमलव १८ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि २४ दशमलव ५८ अंकले बढेर २२ सय ९६ दशमलव ७५ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ७५ दशमलव एक अंकले बढेर नौं हजार दुई सय ४६ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि २० दशमलव ६० अंकले बढेर आठ हजार चार सय ४९ दशमलव ६४ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी परेको छ ।