शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यूनिटेक हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

सोमबार, बैशाख २५ २०८०

काठमाडौं – यूनिटेक हाइड्रोपावर कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त भएको छ । यसको लागि क्यापिटलले यूनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गर्नै एक सय रुपैंयाँ अंकित दरका ३६ करोड ६७ लाख रुपैंयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् । यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।