शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उच्च गिरावट : सुचक तथा कारोबार रकम दुबै घटे

आइतबार, बैशाख २४ २०८०

काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १९ दशमलव १२ अंंकले घटेर १८ सय ५० दशमलव ६१ अंकमा पुग्दा सेन्सिटिभ तीन दशमलव १४ अंकले घटेर तीन सय ५४ दशमलव ७८ अंकमा पुगेको छ । दुई सय ६३ वटा कम्पनीहरुको २३ हजार ५१ पटकको कारोबारमा २० लाख १५ हजार नौं सय ५९ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव १२ अंकले घटेर १२ सय १९ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४८ दशमलव २० अंकले घटेर २३ सय १५ दशमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४० दशमलव शुन्य पाँच अंकले घटेर नौं हजार दुई सय ९२ दशमलव ४७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय दुई दशमलव ७३ अंकले घटेर आठ हजार पाँच सय ३५ दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, ल गानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेर नेप्से रातै भएका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी डिबेञ्चर २०८७–०८८ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नेै कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।