शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नवनियुक्त तीन मन्त्रीको आज शपथ

बिहिबार, बैशाख २१ २०८०

काठमाडौं । प्रचण्ड नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ ।

शितल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे सो शपथ ग्रहण कार्यक्रम हुनेछ  ।

प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ती गरेका थिए भने केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा तथा कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।