काठमाडौँ – कांग्रेसबाट सरकारमा थप तीन जना सहभागी भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङलाई कानून, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्वुलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन्। उनीहरुको शपथ बुधबार नै गर्ने तयारी गरिएको छ।
पार्टीभित्र आफ्नो पक्षलाई तीनवटा मन्त्रालय दिनुपर्ने अडान राख्दै शेखर कोइराला पक्षले मन्त्री हुनेको नाम दिएको थिएन। तर अहिले गुरुङ र लिम्बु मात्रै कोइराला पक्षबाट भएका छन्।
