दुई अंकले घट्दा ६९ करोडको सेयर किनबेच
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सुचक तथा कारोबार रकम दुबै घटेका छन् । नेप्से आज चार दशमलव २७ अंकले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव १२ अंकले घटेर तीन सय ५७ दशमलव शुन्य दुई अंकमा पुगेको छ । दुई सय ७१ वटा कम्पनीहरुको २१ हजार छ सय ४९ पटकको कारोबारमा २३ लाख ३६ हजार छ सय २५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज कारोबार भएका मध्ये सात वटा समुहले कमाएका छन् भने छ वटा समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव शुन्य छ अंकले घटेर १२ सय २६ दशमलव शुन्य तीन अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक २० दशमलव ६६ अंकले घटेर २३ सय ६४ दशमलव १२ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि २६ दशमलव २५ अंकले घटेर आठ हजार पाँच सय १७ दशमलव ३७ अंकमा पुगेको छ भने लघुवित्त, लगानी र ट्रेडिङ्ग समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने एक दशमलव ५९ अंकले बढेर तीन हजार चार सय २२ दशमलव ६३ अंकमा पुगेको छ भनचे जीवन बीमा समुहको सुचक पनि तीन दशमलव ९३ अंकले बढेर नौं हजार तीन सय ४२ दशमलव तीन अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वेत गंगा हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गनैं कम्पनीहरुको सुचीमा भने हिमालयन डिष्ट्रिलरी प्राली पहिलो स्थानमा परेको छ ।