काठमाडौं । एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रामक रुपमा उत्रिएको छ ।
नेपालले यूएईविरुद्ध पाँचौ विकेट पनि लिन सफल भएको छ ।
१३ औं ओभरको पहिलो बलमा युएईका रोहन मुस्तफा आउट भए । सन्दीप लामिछानेको बलमा उनी क्याच आउट भएका हुन् ।
यसअघि नेपालका ललित राजवंशीले रमिज शहजादलाई आउट गर्दै युएईको चौथो विकेट दिलाएका थिए । यसैगरी नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले एक विकेट लिएका थिए । यससँगै यूएईले ३५ रनमा ४ विकेट गुमाइसकेको छ ।
कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर यूएई नेपालसँग भिड्न आईपुगेको हो ।
नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।