काठमाडौं – बैकहरुको कुल निक्षेप ५४ खर्ब ४९ अर्ब रुपैंयाँ पुगेको छ छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालमा रहेका २१ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका कुल ५५ वटा संस्थाहरुले यही बैशाख १२ गतेसम्ममा उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् । यस अवधिमा बाँणिज्य बैंकहरुको कुल निक्षेप रकम ४८ खर्ब तीन अर्ब रुपैंयाँ रहेको छ भने बिकास बैंक तथा फाईनान्सहरुको कुल निक्षेप रकम छ खर्ब ४६ अर्ब रुपैंयाँ रहेको छ । बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ४८ खर्ब ४५ अर्ब रुपैंयाँ पुगेको छ । जसमध्ये बाँणिज्य बैकहरुले मात्र प्रवाह गरेको कुल कर्जा रकम २ खर्ब ९५ अर्ब र बिकास बैंक र फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ५० अर्ब रुपैंयाँ पुगेको छ ।