शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कर्णालीका मुख्यमन्त्री शर्माले पाए तेस्रो पटक विश्वासको मत

शुक्रबार, बैशाख १५ २०८०

काठमाडौं – कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले आज (शुक्रबार) विश्वासको मत लिएका थिए । उनको पक्षमा २९ जना सांसदले मत दिए । विपक्षमा १० सांसद थिए । उनलाई माओवादी केन्द्रका १३, कांग्रेसका १४, समाजवादीको १ र १ स्वतन्त्र सांसदले मत दिए ।

कर्णाली प्रदेश सरकारमा रहेको एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वासको मत लिन परेको हो । यसअघि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रोपटक विश्वासको मत लिएका थिए । दोस्रो पटक उनलाई एमाले, कांग्रेस, समाजवादी र स्वतन्त्रले विश्वासको मत दिएका थिए ।