काठमाडौं – सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैंयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।
सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । स्वर्गीय उदय कुमार साहले सानिमा बैंकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए ।
बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, तीन लाख रुपैंयाँसम्मको छ जटिल रोगको उपचार बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजारसम्मको औषधी उपचार बीमा, २५ हजार रुपैंयाँसम्मको आवधिक जीवन बीमा र पाँच हजार रुपैंयाँसम्मको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।