बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्र बैंकद्धारा आधा दर्जन बिकास बैंक र फाईनान्स कम्पनीलाई कारवाही

शुक्रबार, बैशाख ८ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिकास बैंक र फाईनान्स कम्पनी सहितका आधा दर्जन संस्थाहरुलाई कारवाही गरेको छ । राष्ट राष्ट्र बैंकका अनुसार २०७९–०८० को दोस्रो त्रैमासमा गरिएको गैरस्थलगत निरीक्षणका क्रममा त्रुटी भेटिएपछि बिकास बैंकतर्फ कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र फाईनान्सतर्फ नेपाल फाईनान्स र जानकी फाईनान्स पनि कारवाही गरिएको हो ।

यस्तो कारवाही अन्र्तगत कर्पोरेट डेभलपमेन्ट बैंकलाई तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा १७ लाख ९३ हजार छ सय ४७ रुपैंयाँ र २०७९ कात्र्तिकमा तीन लाख ३५ हजार चार सय ७४ रुपैयाँ हर्जाना तिराईएको छ । सिन्धु बिकास बैंकलाई पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा छ लाख ८२ हजार एक सय २१ रुपैंयाँ हर्जाना तिराईएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई गरिएको कारवाही अन्र्तगत पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा पाँच लाख आठ हजार दुई सय र २०७९ कात्र्तिकमा तीन लाख चार हजार दुई सय २९ रुपैंयाँ हर्जाना तिराईएको छ । यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकलाई गरिएको कारवाही अन्र्तगत तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा ३० लाख ५९ हजार तीन सय ४४ रुपैंयाँ र २०७९ कात्र्तिकमा २२ लाख ७७ हजार तीन सय दुई रुपैंयाँ हर्जाना तिराईएको छ ।

यसैगरी नेपाल फाईनान्सलाई भने तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा एक लाख ४९ हजार तीन सय ६४ रुपैयाँ हर्जाना तिराईएको छ । यसैगरी जानकी फाईनान्सलाई पनि तोकिएको कर्जा निक्षेप अनुपात कायम नगरेका आधारमा २०७९ असोजमा ८० हजार नौं सय ८५ रुपैंयाँ हर्जाना तिराईएको छ ।